दफा ३
वस्तुको अस्थायी पैठारी गरी फिर्ता लैजाने प्रक्रिया
(१) ऐनको दफा ७ को उपदफा (६) बमोजिम नेपालभित्र कुनै वस्तु अस्थायी पैठारी गरी फिर्ता लैजानु पर्ने वस्तु धनीले पैठारी प्रयोजन सहित प्रज्ञापनपत्रमा विवरण खुलाई सम्बन्धित भन्सार कार्यालयमा पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पैठारीकर्ताले अस्थायी पैठारी हुने वस्तुमा लाग्ने महसुल बापतको रकम नगद धरौटी वा बैङ्क जमानत दाखिल गर्नु पर्नेछ।
(३) हाटबजार, मेला वा प्रदर्शनीमा बिक्री वितरण गर्न अस्थायी पैठारी गरिएको वस्तु हाटबजारको हकमा भोलिपल्ट र मेला वा प्रदर्शनीको हकमा: त्यस्तो मेला वा प्रदर्शनी समाप्त भएको मितिले बाटाको म्याद बाहेक तिस दिनभित्र फिर्ता लैजानु पर्नेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको सार्वजनिक संस्था वा कूटनीतिक नियोगको सिफारिसमा यस नियम बमोजिम वस्तु अस्थायी पैठारी गर्दा भन्सार अधिकृतले लाग्ने .महसुल. नलिई अभिलेख मात्र राखी पैठारी गर्न दिन सक्नेछ।
(५) उपनियम (३) वा (४) बमोजिम अस्थायी पैठारी भएको वस्तु नेपालभित्र खपत भएको अवस्थामा त्यस्तो खपत भएको वस्तुमा लाग्ने महसुल सम्बन्धित पैठारीकर्ताबाट असुल गरिनेछ।
(६) यसं नियम बमोजिम अस्थायी पैठारी भएको वस्तु जुन भन्सार कार्यालयबाट पैठारी भएको हो सोही भन्सार कार्यालयबाट फिर्ता लैजानु पर्नेछ।
(७) उपनियम (६) बमोजिम एउटै भन्सार कार्यालयबाट फिर्ता लैजान नसकिने अवस्था भएमा सम्बन्धित व्यक्तिले कारण खोली विभागमा निवेदन दिन सक्नेछ। त्यस्तो निवेदनमा उल्लेख भएको कारण मनासिब देखिएमा यस नियमको प्रयोजनको लागि विभागले कुनै अर्को भन्सार कार्यालयबाट समेत त्यस्तो वस्तु फिर्ता लैजान अनुमति दिन सक्नेछ।
(८) कुनै वस्तु अस्थायी पैठारी हुँदा: सो वस्तुको उपयोग र परिवहनका लागि त्यस्तो वस्तुसँगै : आपूर्ति हुने, बारम्बार प्रयोगमा आउने र वस्तुको प्रयोग गर्दासम्म खाली गर्न नसकिने किसिमको आधानपात्र (कन्टेनर) पछि निकासी हुने शर्तमा पैठारी गर्दा लाग्ने महसुल बापतको रकम बराबरको बैङ्क जमानत लिई प्रज्ञापनपत्रमा निकासी हुने अवधि तोकी भन्सार अधिकृतले महसुल नलिई पैठारी गर्न अनुमति दिन सक्नेछ।
तर त्यस्तो आधानपात्रभित्र रहेको वस्तु उपभोग गर्ने व्यक्तिले सो आधानपात्रबाट अन्य आधानपात्रमा खन्याई उपभोग गर्न सकिने रहेछ भने त्यस्तो वस्तुको आधानपात्रमा यस नियम बमोजिमको सुविधा प्रदान गरिने छैन।
(९) उपनियम (८) बमोजिम बैङ्क जमानत राखी अस्थायी पैठारी भएको आधानपात्र प्रज्ञापनपत्रमा तोकेको अवधिभित्र निकासी नभएमा लाग्ने महसुल बैङ्ढ जमानतबाट असुल गरिनेछ।